काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले यसअघि बन्द गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः सञ्चालन गरेको छ । गत माघ १ गतेदेखि बन्द गरेको बीमा कार्यक्रम अस्पतालले आजदेखि पुनः सेवा सुरु गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा सुभाशप्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा (ओपिडी)मा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रममार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो । अस्पतालका अनुसार अस्पतालले बिहान ७ः०० देखि ११ः०० बजे र दिउँसो १३ः०० बजेदेखि साढे १४ः०० बजेसम्म बीमा टिकट बिरामीलाई उपलब्ध गराइने छ ।
केही दिन अघि मात्र अस्पतालले स्वास्थ्य बीमाबाट उपचार गरेवापतको भुक्तानी पाएको थियो ।





















