skip this News Page Tips Ad Road Block

याक्स्ट्रिम फुटबल फिभर ISFA 3v3 Street Football World Cup Qualifiers Nepal 2026 आयोजना हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । नेपालमा स्ट्रिट फुटबल (Street Football) को जगलाई पुनर्जीवित गर्दै युवा प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यका साथ “Xtreme Football Fever ISFA 3v3 Street Football World Cup Qualifiers Nepal 2026” आयोजना हुने भएकाे छ । मुख्य प्रायोजक Xtreme Energy Drinks को सहयोगमा आयोजना हुन लागेको 3v3 Street Football छनोट प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन तथा संचालन LPS Management PVT LTD, S&S Health and Research Centre (AEC Sports), Triple Two Production Pvt. Ltd. ले संयुक्त रूपमा गरिरहेका छन्।

प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विभिन्न जिल्ला र समुदायस्तरमा रहेका लुकेर बसेका फुटबल प्रतिभाहरूलाई पहिचान गर्नु, युवा वर्गलाई खेलकुदको माध्यमबाट सकारात्मक कार्यमा सरिक गराउनु र उनीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको मञ्च निर्माण गरिदिनु रहेकाे बताइएकाे छ ।

यस छनोट प्रतियोगिताको फाइनल विजेता टोलीले आगामी २ देखि ६ सेप्टेम्बर २०२६ सम्म यूट्रेक्ट, नेदरल्याण्ड्स (Utrecht, Netherlands) मा आयोजना हुने ISFA 3v3 Street Football World Cup 2026 मा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर प्राप्त गर्नेछन्। पत्रकार सम्मेलनमा दिइएकाे जानकारी अनुसार विश्वकप यात्राको सम्पूर्ण जिम्मेवारीका साथै विजेता टोलीका खेलाडीहरूले LPS Management PVT LTD सँग ३ महिनाको व्यावसायिक खेलाडी सम्झौता (Professional Player Contract) प्राप्त गर्नेछन् र उनीहरूलाई विश्वकपको विशेष तयारीका लागि बन्द प्रशिक्षण (Closed Camp Training) मा राखिनेछ।

साथै, यस प्रतियोगितामा सहभागी हुने सम्पूर्ण टोलीहरूको प्रदर्शनका आधारमा नेपालकै पहिलो आधिकारिक “Nepal’s 3v3 Street Football Ranking” तयार गरिनेछ, जसले भविष्यमा हुने विभिन्न अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिताहरूको छनोट प्रक्रिया तय गर्नेछ।

विश्व फुटबलका महाशक्ति राष्ट्रहरू ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र स्पेन जस्ता देशहरूको जग स्ट्रिट फुटबलमै अडिएको छ। फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीहरू डिइगो म्याराडोना, रोनाल्डिन्हो, जिनेदिन जिदान, लियोनेल मेस्सी, र क्रिस्टियानो रोनाल्डो सबै सडक र गल्लीको खुला र साँघुरो ठाउँमा फुटबल खेल्दै हुर्किएका हुन्। यसका साथै स्ट्रिट फुटबलले सन गार्नियर (Sean Garnier) र सुफियान तुजानी (Soufiane Touzani) जस्ता विश्वप्रसिद्ध फ्रिस्टाइल फुटबल लेजेन्डहरू जन्माएको छ। नेपालमा पनि यही मौलिक स्ट्रिट फुटबल संस्कृतिलाई संरचनात्मक बनाउँदै नेपाली फुटबलको स्तरलाई विश्व मानचित्रमा नयाँ उचाइमा पुर्याउने दीर्घकालीन दृष्टिकोण राखिएकाे छ।

यस प्रतियोगितामा देशभरबाट खुला दर्ता र पूर्णतः निःशुल्क प्रवेश (Free Entry) मार्फत कुल ९२ टोलीहरू सहभागी हुँदैछन्।

प्रतियोगिताको ढाँचा (Tournament Format) र नियमहरूः

प्रतियोगिता समूह चरण (Group Stage) २ नकआउट (Knock-Out) ढाँचामा खेलाइनेछ। ९२ टोलीहरूलाई २३ वटा समूहमा (Group A to W) विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष २ टोली र तेस्रो स्थानमा रहेका उत्कृष्ट १८ टोलीहरू गरी कुल ६४ टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन् । खेलहरू International Street Football Association (ISFA) को ३५३ स्ट्रिट फुटबल नियम २०२५-२६ अनुसार खेलाइनेछ। प्रत्येक खेल कुनै ब्रेक बिना लगातार १० मिनेट (1) period of 10 minutes) को हुनेछ र साइज ४ को फुटसल बल प्रयोग गरिनेछ ।

खेल तालिका (The Calendar) र समयः

प्रतियोगिताका सम्पूर्ण खेलहरू नेपाली समय अनुसार अपरान्ह ३:०० बजेदेखि बेलुका ८:०० बजेसम्म फ्लडलाइट (Under Lights), विशेष म्यूजिक सिस्टम र विविध मनोरन्जनात्मक प्रस्तुतिहरूका साथ उत्सवको रूपमा संचालन गरिनेछ।

जुलाई १ देखि जुलाई ८ः समूह चरणका खेलहरू (Group Stages)

जुलाई १०२ ११: राउन्ड अफ ६४ (Round of 64)

जुलाई १३: राउन्ड अफ ३२ (Round of 32)

जुलाई १५: राउन्ड अफ १६ (Round of 16)

जुलाई १९: क्वाटर फाइनल, सेमि-फाइनल, तेस्रो स्थान र फाइनल खेल

खेल स्थान (Venues):

काठमाडौँको मौलिक संस्कृति र स्ट्रिट फुटबल भाइब्सको वास्तविक मज्जा र यसको मौलिक तरंगलाई उजागर गर्न आयोजकले काठमाडौँ उपत्यकाका ऐतिहासिक एवं साँपुरा रैथाने स्थानहरू छनोट गरेको छ। ब्राजिलको प्रसिद्ध साम्बा स्ट्रिट फुटबल’ जस्तै, जहाँ धरका इयाल, कौसी, र बरन्डाहरूबाट मानिसहरूले उत्सुकतापूर्वक खेल हेर्छन्, ठ्याक्कै त्यस्तै वातावरण र हाम्रो स्थानीय संस्कृतिलाई जोड्न काठमाडौँका ५ स्थानहरूमा समूह चरणका खेलहरू आयोजना गरिनेछन्ः १. कुमा ननी, टेकु (काठमाडौँ महानगरपालिका वडा नं. १२), २. तबाहाल (काठमाडौँ महानगरपालिका वडा नं. २१), ३. लगन (काठमाडौँ महानगरपालिका वडा नं. २१), ४. ओमबहाल (काठमाडौँ महानगरपालिका वडा नं. १९), ५. तेवहाल संकटा (काठमाडौँ महानगरपालिका वडा नं. २२) ।

Health Tips Ad Road Block