काठमाडौँ, नेपाल । कोरियन स्किन केयरको विश्वसनीय ब्रान्ड ड्रिम स्किन नेपालले काठमाडौंको दरबारमार्गमा आफ्जो नयाँ आउटलेट सत्तचालनमा ल्याएको छ । यसै अवसरमा Fynaza Accessories र The Fragrance Room को पनि औपचारिक रुपमा सुरुवात गरिएको छ ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए(योङ को प्रमुख आतिथ्यातामा आउटलेटको उद्घाटन गरिएको हो । कार्यक्रममा विभिन्न उद्योगका प्रतिष्ठित व्यवसायी, विभिन्न क्षेत्रका सेलिबेटी, मिडिया प्रतिनिधि तथा ड्रिम स्किन नेपालका ग्राहकहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा राजदूत पार्क ताए(योङले नेपालमा कोरियाली उत्पादनहरुको बढ्दो लोकप्रियताप्रति खुशी व्यक्त गर्दै भविष्यमा नेपाल(कोरिया बीचको व्यापारिक सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे ।
ड्रिम स्किन नेपालका निर्देशक दिलीप कुमार यादव ले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै ड्रिम स्किन नेपाल ले १०० प्रतिशत अथेन्टिक कोरियाली स्किन केयर, हेयर केयर तथा कस्मेटिक उत्पादनहरु आयात गरी नेपाली उपभोक्तामाझ पुयाउँदै आएको बताए । उनले भने, ‘ आज ड्रिम स्किन नेपालको नयाँ आउटलेटसँगै हामीले Fynaza Accessories र The Fragrance Room को पनि उद्घाटन गरेका छौं, जहाँ ग्राहकहरुले आकर्षक ज्वेलरी तथा उच्च गुणस्तरका परफ्युमहरु पाउन सक्नुहुनेछ। भविष्यमा हामी हाम्रा ब्रान्ड र उत्पादनहरुको दायरा अझ फराकिलो बनाउँदै लैजाने योजनामा छौं।’
छोटो समयमै ग्राहकहरुको विश्वास जित्न सफल ड्रिम स्किन नेपालले गुणस्तरीय कोरियाली उत्पादनमार्फत नेपाली उपभोक्ताको स्किन केयर अनुभवलाई नयाँ उचाइमा पुयाउँदै आएको दाबी गरेको छ। साथै Fynaza Accessories र The Fragrance Room को सुरुवातसँगै कम्पनीले ज्वेलरी र परफ्युम क्षेत्रतर्फ पनि आफ्नो व्यापार विस्तार गर्दै गएको स्पष्ट संकेत देखिएको कम्पनीको भनाइ छ।






















