skip this News Page Tips Ad Road Block

आज २३औं राष्‍ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै, कृषि मन्त्री भने थाइल्याण्डतिर..

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” मूल नाराका साथ आज २३ औँ राष्‍ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८३ विभिन्‍न कार्यक्रमक आयोजना गरी मनाइँदै छ।

जलवायु परिवर्तनको कृषि क्षेत्रमा नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै धान खेतीमा जलवायु अनुकूलन प्रविधिको अनुसन्धान, विकास, प्रसार तथा प्रयोगलाई प्रोत्साहित गर्नु यस वर्षको दिवसको मुख्य सन्देश रहेको छ।

वि.सं. २०६१ बाट सुरुवात भएको राष्‍ट्रिय धान दिवस मनाउने परम्पराको २३ औँ संस्करण २०८३ आषाढ १५ मा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्‍ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा राष्ट्रिय योजना आयोगका सदस्य, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव लगायतको उपस्थितिमा विशेष समारोह आयोजना गरी मनाउने कार्यक्रम रहेको छ। कार्यक्रममा धानबालीको विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएका कृषक, धान वैज्ञानिक, उद्यमी, पत्रकार लगायतका व्यक्तिलाई पुरस्कृत एवं कदर गर्ने र समारोह पश्‍चात सामूहिक रोपाइँ गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, धान दिवसको अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रीको सन्देश प्रकाशन, टेलिभिजन संवाद कार्यक्रम लगायत गतिविधि सञ्‍चालन गरिने कृषि विभागले जनाएको छ ।

साथै, प्रदेश तथा स्थानीय तहलाई समेत “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” नाराका साथ विविध कार्यक्रम आयोजना गरी राष्‍ट्रिय धान दिवस मनाउन अनुरोध गरिएको छ।

यस दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको योगदान एवं धानबाली प्रवर्द्धनमा नेपाल सरकारको प्रयास आम जनमानसमा पुग्न गई धानबाली प्रवर्द्धनमा सरोकारवालाको सामूहिक पहलको लागि उर्जा प्रदान गर्ने विश्‍वास लिइएसको छ।

देशमा राष्ट्रिय धान दिवस मनाइरहँदा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी थाइल्याण्डमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएकी छन् । मन्त्री चौधरी आज देखि जुलाई ३ सम्ममा थाइल्याण्डको बैंककमा आयोजना हुने ५ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन थाइल्याण्ड गएकी हुन् ।

मन्त्री चौधरी जुन 29 _ 30 मा हुने High Level Segment of the Seventh Global Conference on Strengthening Synergies between the Paris Agreement and the 2030 Agenda for Sustainable Development मा सहभागी हुने छिन् । उक्त सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्य (SDGs) सँगको सहकार्यलाई मजबुत बनाउने विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम रहेको छ।

यस्तै 1–3 July 2026 मा थाइल्याण्डको बैंककमा आयोजना हुने Ninth Session of the Committee on Environment and Development at the Ministerial Level कार्यक्रमहरूमा सहभागिता हुने छिन् ।

उक्त मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय, अन्तर्राष्ट्रिय स्तरमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्र र दिगो विकासका साझा चुनौती तथा समाधानका विषयमा नेपालको प्रतिनिधित्व चौधरीले गर्ने छिन् ।

उक्त सम्मेलनहरूमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास , दिगो विकासका क्षेत्रमा नेपालले लिएको प्रतिबद्धताबारे धारणा मन्त्री चौधरीले बताएकी छिन् ।

Health Tips Ad Road Block