skip this News Page Tips Ad Road Block

नेपाल टेलिकमका प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने प्याकेज आयो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने ’सब्स्क्रिप्सनमा आधारित प्रिपेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । टेलिकमले यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सक्रिय (सब्स्क्राइब) गरिरहनुपर्ने झन्झट रहने छैन । सो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्को पटकदेखि ग्राहकको मोबाइलमा उपलब्ध ब्यालेन्स रकमका आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुने कम्पनीले जनाएको छ । कम्पनीले यसका लागि ३० दिन समयावधिका तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ । जस अन्तर्गत रु.२९९ ‘नमस्ते रिकरिङ २९९’ प्याक उपलब्ध हुने छ, जसमा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जिबी डेटा र राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जिबी नाइट डेटा तथा २० वटा अन–नेट एसएमएस उपलब्ध हुने छन् ।

त्यसैगरी रु.४९९ मा ‘नमस्ते रिकरिङ ४९९’ प्याक उपलब्ध हुने छ । यसमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जिबी डेटा र राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने ४ जिबी नाइट डाटा तथा १०० वटा अल–नेट एसएमएस प्राप्त गर्न सकिने छ ।

सबैभन्दा ठुलो प्याकेजका रूपमा रु. ७९९ मा ‘नमस्ते रिकरिङ ७९९’ उपलब्ध गराइएको छ । यसमा सबै नेटवर्कमा असीमित रूपमा कल गर्न सकिने सुविधा (अल–नेट भ्वाइस), प्रतिदिन १० जिबी अर्थात् मासिक ३०० जिबी डेटा र ३०० वटा अल–नेट एसएमएस उपलब्ध हुने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन् ।

उक्त सब्स्क्रिप्सनमा आधारित प्याकेज लिने ग्राहकलाई आवश्यकता अनुसार एड–अन प्याकेज समेत उपलब्ध गराइने टेलिकमको विज्ञप्तिमा उल्लेख छ । सो प्याकेज अन्तर्गत ३० रुपैयाँमा १ दिनका लागि १ जिबी, ५० रुपैयाँमा ३ दिनका लागि २ जिबी र ९९ रुपैयाँमा ७ दिनका लागि ४ जिबी डाटा उपलब्ध हुने छ । सेवाग्राहीले आफ्नो मोबाइलबाट *१४१५# डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

Health Tips Ad Road Block