Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआरएनए एनसीसी यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी

Citizenlife ad 2082 falgun to baishak 2083

यूएई । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी मनोनित भएका छन्। उनले यसअघि उपाध्यक्षका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको अनुभवका कारण यो जिम्मेवारी प्राप्त भएको छ। अध्यक्ष विकाश शाहीले एनआरएनए आईसिसिको अन्य पदमा जाने भएपछि अध्यक्षमा ठकुरी मनोनित भएका हुन्।

ठकुरीको नेतृत्वसँगै यूएईस्थित नेपाली समुदायको हित, संस्थागत व्यवस्थापन तथा एनआरएनएको गतिविधि अझै सुदृढ र परिणाममुखी हुने अपेक्षा गरिएको छ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष मनोज गोर्खाली र कोसाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले सामाजिक सञ्जालमार्फत अध्यक्ष ठकुरीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनीहरुले “सक्षम नेतृत्व, पारदर्शी कार्यशैली र समुदायप्रतिको समर्पणका आधारमा यूएईमा एनआरएनएको भूमिका अझ सशक्त हुनेछ” भन्दै विश्वास प्रकट गरेका छन्।

नेपाली समुदायमा उच्च अपेक्षा

यूएईमा रहेका नेपालीहरूले पनि नयाँ अध्यक्षप्रतिको उत्साह र विश्वास व्यक्त गर्दै एनआरएनएकाले अब समुदायका समस्यालाई अझ प्रभावकारी ढंगले सम्बोधन गर्ने अपेक्षा राखेका छन्।

भिम मल्ल ठकुरीले आफूलाई विश्वास गरेर नेतृत्वको जिम्मेवारी दिएकामा सम्पूर्ण नेपाली समुदाय तथा एनआरएनए अभियन्ताप्रति आभार व्यक्त गर्दै भने
“मलाई दिएको यो जिम्मेवारी सम्मान मात्र होइन, ठूलो उत्तरदायित्व पनि हो। म यूएईमा रहेका नेपाली कामदार, व्यवसायी तथा सम्पूर्ण समुदायका लागि इमानदारी र प्रतिबद्धतापूर्वक काम गर्नेछु।”

नेतृत्व अनुभव र सक्रियता

ठकुरी विगत केही वर्षदेखि एनआरएनए यूएईमा सक्रिय रहेर संगठन विस्तार, श्रम–सम्बन्धी सहयोग, समुदायिक समस्या समाधान र नेपाली अभियन्ताहरूबीचको समन्वयमा अग्रणी भूमिका निभाइरहेका छन्। उनका सहकर्मीहरूका अनुसार उनी संवाद, सहकार्य र समावेशी नेतृत्वका पक्षधर व्यक्तित्व हुन्।

नयाँ नेतृत्वसँगै एनआरएनए एनसीसी यूएईले कामदार समर्थन, सीप विकास, कानुनी परामर्श, आपतकालीन राहत, महिला–युवा सहभागिता तथा सांस्कृतिक संरक्षण जस्ता क्षेत्रमा नयाँ गतिशीलता देखाउने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block