काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) र ५ प्रतिशत बोनस शेयर दिने भएको हो ।
कम्पनीको शुक्रबार बसेको सत्तचालक समितिको २३७ औँ बैठकले उक्त निर्णय लिएको हो ।
आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि प्रस्तावित लाभांश लगानीकर्तालाई वितरण गरिनेछ ।






















