Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भिभोले ल्यायो नयाँ भी६० लाईट, यात्राको उत्कृष्ट साथी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गरेको छ । “ट्राभल पोर्टेट पर्फेक्ट पार्टनर“ को रूपमा प्रस्तुत गरिएको यो फोन विशेषगरी यात्राका क्रममा पोट्र्रेट फोटोग्राफीका लागि डिजाइन गरिएको हो। भिभोले यसमा आफ्नो तेस्रो पुस्ताको एआई औरा लाईट पोर्टेट ३.०, उन्नत एआई इमेजिङ प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शन संयोजन गरी आधुनिक प्रयोगकर्ताको बदलिँदो आवश्यकतालाई सम्बोधन गरेको छ ।

भिभो भी६० लाईटमा ५० एमपी सोनी आई एम एक्स ८८२ मुख्य क्यामेरा, ८ एमपी वाइड–एङ्गल क्यामेरा र ३२ एमपी एचडी सेल्फी क्यामेरा समावेश छन् । तेस्रो पुस्ताको एआई औरा लाईट पोर्टेट ३.० प्रविधिले सामान्य फ्ल्यासभन्दा ७३ गुणा सफ्ट र प्राकृतिक प्रकाश प्रदान गर्छ, जसले कुनै पनि प्रकाशमा छालाको रंग स्वाभाविक र आकर्षक देखिन्छ । यसले उज्यालो दोब्बर पार्दै प्रकाश क्षेत्रफल ४.२ गुणा बढाउँछ । यसको स्मार्ट लाईटिङ्ग कन्ट्रोल फिचरले वातावरण अनुसार रङ्ग तापक्रम स्वचालित रूपमा मिलाउँछ, चाहे त्यो निओन सहरको उज्यालो होस्, समुद्रकिनाराको सूर्यास्त होस् वा क्याण्डल लाईट डिनर ।

मास्टर पोर्टेट स्टाईल बोकेँ, एआई मास्टर एचडी अल्गोरिथम र अगाडिको तथा पछाडिको दुवै क्यामेरामा फोर–के भिडियो रेकर्डिङ्ग जस्ता सुविधासँग हरेक यात्रा क्षणलाई प्रोफेशनल स्तरको सम्झनामा परिणत गर्न सजिलो बनाइएको छ । यसको एआई फोर सीजन पोट्र्रेट फिचरले वसन्त, गर्मी, शरद र जाडोका चारै ऋतुबाट प्रेरित रङ्ग र प्रभावहरू प्रदान गर्छ। साथै एआई ईरेज ३.० र एआई ईन्ह्यान्स जस्ता सुविधाले तस्बिरलाई केही सेकेन्डमै सोशल–मिडिया–रेडी बनाउँछ ।

यो फोन टाइटानियम ब्लु र एलिगेन्ट ब्ल्याक गरी दुई आकर्षक रङ्गमा उपलब्ध छ । एक्सक्विजिट ट्रान्सप्यारेन्ट क्यामेरा मोड्युल सहितको यसको प्रिमियम डिजाइन, स्लिम र हल्का बडी, र अल्ट्रा–थिन बेजलले यसलाई बोक्न सहज र हेर्न आकर्षक बनाउँछ ।

प्रदर्शनको दृष्टिले, भी६० लाईटको फाइभ जी भेरिएन्टमा मीडियाटेक ७३६० टर्बो फाइभ जी चिपसेट र फोर जी भेरिएन्टमा स्न्यापड्रैगन ६८५ प्रोसेसर प्रयोग गरिएको छ । फाइभ जी मोडेलमा १२ + १२ जीबी एक्सटेन्डेड ¥याम र २५६ जीबी स्टोरेज, जबकि फोर जी मोडेलमा ८ + ८ जीबी एक्सटेन्डेड ¥याम र २५६ जीबी स्टोरेज उपलब्ध छ । ६.७७ इन्चको एएमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेश रेट र ९४.२ % स्क्रिन–टु–बडी रेसियोले गहन दृश्य अनुभव प्रदान गर्छ, जबकि डुअल स्टेरिओ स्पिकरले कुनै पनि वातावरणमा स्पष्ट ध्वनि सुनिश्चित गर्छ ।

यसमा रहेको ६५०० एमएएच ब्लु वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले १ % देखि १०० % चार्ज हुन ५२ मिनेट लिन्छ । पाँच वर्षसम्म उच्च दक्षतामा टिक्ने गरी अप्टिमाइज गरिएको यो ब्याट्रीले लामो समयसम्म भरपर्दो शक्ति प्रदान गर्छ । साथै, आई पि ६५ डस्ट एण्ड वाटर–रेजिस्टेन्ट, वनट्याप डस्ट एण्ड वाटर रिमोवल र वेट ह्याण्ड टच जस्ता स्मार्ट फिचरहरूले फोनभित्र प्रवेश गर्ने धुलो वा पानीलाई सहजै बाहिर निकाल्न मद्दत गर्छ, जसले दैनिक प्रयोगमा थप सुविधा दिन्छ ।

उत्पादनशीलता र यात्राको सहजताको लागि यसमा गुगल जेमिनी, एआई क्याप्सन, एआई ट्रान्सक्रिप्ट असिस्ट लगायतका एआई टुलहरू समावेश छन्, जसले काम, नोट्स, अनुवाद र टास्क व्यवस्थापनलाई सहज बनाउँछन्। भिभोले यात्रु र अन्वेषकहरूको जीवनशैलीलाई ध्यानमा राख्दै नवीन प्रविधि र उत्कृष्ट डिजाइन संयोजनमा नयाँ अध्याय लेख्दैछ। यात्राको सम्झना कैद गर्न होस्, आफ्नो शैली अभिव्यक्त गर्न होस्, वा काम र मनोरञ्जन सन्तुलन गर्न होस्, भिभो भी६० लाईट हरेक यात्राको आदर्श साथी बन्न तयार छ ।

उपलब्धता र मूल्य

भिभो भी६० लाईट नेपाली बजारमा असोज ३० (अक्टोबर १६, २०२५) देखि उपलब्ध हुनेछ । भिभो भी६० लाईट फोर जीको मूल्यः रु. ३९,९९९, भिभो भी६० लाईट फाइभ जीको मूल्यः रु. ४८,९९९ रहनेछ । यो स्मार्टफोन नेपालभरका भिभो अधिकृत रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लाटफर्म मार्फत खरिद गर्न सकिनेछ ।

Health Tips Ad Road Block