Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सरकार निजी क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण बनाउन दृढः अर्थमन्त्री खनाल

अर्थमन्त्री र एडिबीका अध्यक्षसँग भेटवार्ता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसिमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज ३० गते एशियाली विकास बै‌कका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्री खनालले एशियाली विकास बैंकले खासगरी पूर्वाधार विकासका क्षेत्रमा नेपाललाई लामो समयदेखि गर्दै आएको योगदानको चर्चा गरेका छन् ।

मन्त्री खनालले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण बनाउन दृढ रहेको बताए । साथै एसियाली विकास बैंकको लगानीमा हाल निर्माण भएका ठूला पूर्वाधार आयोजना बारे बताउँदै अध्यक्ष कान्दालाई नेपाल भ्रमणको लागि निमन्त्रणा गरे । अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा जिज्ञाशा राखेका थिए । साथै उनले नेपाल भ्रमणको निमन्त्रणा दिएकोमा धन्यवाद दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफु इच्छुक भएको बताएका छन् ।

अर्थमन्त्री खनालले आजै विश्व बैक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वि एशियाली समुहको गभर्नरहरुको बैठकमा नेपालमा जलविद्युत उत्पादन र सूचना प्रविधि पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरे । विकास आयोजनाको कार्यान्वयनमा ढिलाई भएको चर्चा गर्दै मन्त्री खनालले विश्वबैंकलाई आयोजना कार्यान्वयनका मापदण्ड र निर्देशिकालाई थप सरल बनाउन सुझाव दिए । मन्त्री खनालले वित्तीय क्षेत्रको स्थायित्वका लागि तयार गरिने विश्वव्यापी मापदण्ड बनाउन आवश्यक भएपनि कार्यान्वयनका क्रममा कुनै देश विशेषको स्थानीय आवश्यकता र परिवेशलाई पनि उत्तिकै ध्यान दिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आग्रह गरे । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलको समेत उपस्थिति थियो।

Health Tips Ad Road Block