Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा कार्तिक २६ मा हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा आव्हान भएको छ । संचालक समितिको ४६० औं बैठकको निर्णयानुसार १९ औं वार्षिक साधारण सभा आव्हान गरिएको हो ।

कार्तिक २६ गते बुधबार बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बैंकको साधारण सभा बोलाईएको छ । सभाबाट संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८१ /८२ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने, बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि., ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई सेक्युरिटिज लि. समेतको आ।व २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गरिनेछ ।

त्यस्तै संचालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८१/८२ को मुनाफा समेतबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) स्वीकृत गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले कार्तिक १६ गते आइतबार १ दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

Health Tips Ad Road Block