काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।
बैंकको बुधबार बसेको संचालक समितिको २६४औं बैठकले आव २०८१/०८२ को मुनाफा तथा संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु. १,२१,०१,००,००० को १० प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने करसमेत) दिने निर्णय भएको हो ।
यसअनुसार प्रस्तावित बाह्र करोड सत्र लाख दश हजार लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी २० औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात् लगानीकर्तालाई वितरण गरिनेछ ।






















