Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सांग्रिला डेभलपमेन्ट बैंकबाट SCT-Union Pay कार्ड सेवा सुरु 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले सञ्चालन गर्दै आएको SCT-UnionPay कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ।

अब असोज २९ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै SCT-UnionPay कार्ड प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ। SCT ले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत SCT-UnionPay कार्ड र VISA कार्ड जारी गर्ने तथा VISA, RuPay, Master Card तथा Discover कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको जनाएको छ । विगत दुई दशकदेखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिंदै आएको SCT नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो। SCT ले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई Smart QR, Smart Pay – IBFT (अन्तर बैंक भुक्तानी सेवा), Smart Banking मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block