Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लगानीकर्तालाई नयाँ अवसर, एसवाई प्यानलको आईपीओ निष्काशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आज असोज ७ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

जेनजी आन्दोलनका कारण भदौ २९ देखि आईपीओ निष्काशनको तयारमिा रहेको कम्पनीले बल्ल आजदेखि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । यो शेयरमा चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरुका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । त्यसते सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ । यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक ९ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन बन्द छिटोमा असोज १० गते र ढिलोमा असोज २१ गते हुनेछ ।

प्रभु क्यापिटल लिमिटेड आईपीओको बिक्री प्रबन्धक रहेको छ । स्थानीयनय बासिन्दाले एसवाई प्यानल नेपाल, रत्ननगर, चितवन, प्रभु क्यापिटल, कमलादी र क्यापिटलले निर्माण गरेको अनलाइन लिंकमा गई आवेदन दिन सक्नेछन् । यसका साथै प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block