Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

युवाहरूको धक्काले देशमा परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मुलुकमा भएको राजनीतिक परिवर्तनलाई परिणाममा पुर्याउन छिमेकी मुलुकको सहयोग अपरिहार्य रहेको विज्ञहरूले बताएका छन् ।

फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा. झमकुमार विश्वकर्मा र डा. निकोलस भुषाल लगायतले जेनजी आन्दोलनपछिको परिवर्तनलाई व्यवस्थापन गरि मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र समर्थन लिएर अघि बढ्नुपर्ने धारणा राखे ।

पश्चिमा शक्तिको प्रभावले छिमेकी मुलुकको सुरक्षामा गम्भीर समस्या उत्पन्न गर्न सक्ने भन्दै उनीहरूले संकटको घडीमा छिमेकी देशबाट सहयोग र संरक्षण प्राप्त भैरहेको स्मरण गरे ।

चीनसँग रणनीतिक साझेदारमा जोड दिँदै शिक्षा, पर्यटन, स्वास्थ, युवा लगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्न सकिने उनीहरुको धारणा थियो ।

नेपालमा युवाहरूको आन्दोलन भ्रष्टाचार विरुद्द भएको स्पष्ट भएकाले सुशीला कार्की नेतृत्वको सरकारले आन्तरिक र बाह्य शक्तिको सन्तुलन मिलाउन सक्नुपर्ने उनीहरु बताउँछन् ।

Health Tips Ad Road Block