Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दशैंका लागि घर जानेहरुका लागि आजदेखि नै टिकट बुकिङ गर्न सकिने, यसपाली पहिलाभन्दा पनि सहज बनाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यसपालीको दशैं, तिहार, छट लगायत चाडपर्वका लागि काठमाडौंबाट घर जानेहरुका लागि आजैदेखि टिकङ बुकिङ खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव केशवकुमार शर्माको अध्यक्षतामा यातायात व्यवसायी, मजदुर संघसंस्था, ट्राफिक, यातायता विभाग र सरोकारवालाको बैठक बसेर यो निर्णय गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव डेकनाथ गौतमले जानकारी दिएका छन् ।

उनले भने, ‘आन्दोलनका कारण छ/सात दिनदेखि रोकिएका सबै यात्रुहरूको लागि सार्वजनिक सवारी साधन देशभरि नै आजदेखि नै खुल्ला गरिएको छ। यातायात सचिव केशवकुमार शर्माको अध्यक्षतामा बैठक बसेर कलेज बन्द भइसकेको अवस्थामा सहज किसिमले चाडपर्वमा घर जान चाहनेका लागि सेवा सञ्चालन गर्नका सबै तयार भएका छौं । यातायात व्यवसायीहरुले विभिन्न बसपार्कमा पुगेर सहज व्यवस्थापनका लागि निर्देशन दिइसकेका छन् । अब यात्रा सहज हुन्छ ।’

महासंघका महासचिव गौतमले सुरक्षित र यात्रुमैत्री वातावरणका बीच यात्रुलाई यात्रा गराइने निर्णय भएको जानकारी दिएका छन् । उनले निर्णयबारे जानकारी दिँदै भने, ‘यो विषम परिस्थितिमा क्षति भएका नारायणी यातायात प्रालि हेटौंडामा आगजनीका कारण ६० लाख बराबरको क्षति लगायत यातायात व्यवसायी सङ्घ, समिति, प्रालि, कार्यालय, सार्वजनिक सवारी साधनहरू क्षति यकिन गरेर क्षतिपूर्तिका लागि नेपाल सरकारको सम्बन्धित निकाय पठाउने भन्ने निर्णय भएको छ । अब सहज किसिमले यात्रा गराउनको लागि यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलको नेतृत्वमा मजदुर संघ/संस्था, व्यवसायी, ट्राफिक प्रहरी, लगायत सरोकार निकायको सम्मिलित कमिटी गठन भएको छ। यो कमिटीले बाटोमा सहजीकरणको काम पनि गर्नेछ । आउने चाडपर्वमा सहजरुपमा यातायात सेवा सञ्चालन गर्नेगरी आज निर्णय भएको छ । हिजो मात्रै काठमाडौँबाट ४०० सवारी साधनहरू गएका र आज ४०० बाहिर जानेछन् । अब दैनिकरूपमा मानिसहरू घर जान सक्दछन् । मानिसहरू आजैदेखि स्वतन्त्ररुपमा जानलाई सहज भएको छ । अब दशैंका लागि कुन दिन घर जाने हो भनेर पनि टिकट काट्न सकिनेछ । यसपाली पहिलाभन्दा अझै सहज हुनेछ।’

अग्रिम टिकट बुकिङको भनेर भने आज निर्णय भएको छैन । तर मानिसहरुले आजैदेखि टिकट काट्न सक्नेछन् ।

Health Tips Ad Road Block