Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येक परिवारलाई १० लाख राहत उपलब्ध गराइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेको जानकारी गराएकी हुन् ।

उनले जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको पनि जानकारी गराएकी छन् ।

सरकारले प्रदर्शनकाक्रममा घाइते भएका घाइतेहरूको निशुल्क उपचार र केही राहतको निर्णय गरेको जनाएको छ ।

कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

Health Tips Ad Road Block