काठमाडौं । साउन २० गते मंगलबार १ लाख ९८ हजार ५ सय रुपैयाँ प्रतितोलामा रेकर्ड बनाएको सुनको मूल्य भोलिपल्ट १ सय रुपैयाँले घट्यो । त्यसयता सोही मूल्यमा नै निरन्तर सुनको किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुर्य दिन निरन्तर १ लाख ९८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला २३१५ रुपैयाँमा पुगेको छ ।






















