Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बजाज चेतक ईभी नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि तयार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बजाज अटो लिमिटेड, नेपालमा बजाज टु ह्विलर को एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको सहकार्यमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा प्रतिष्ठित बजाज चेतक ईभीको प्रदर्शन गरिएको छ । यो प्रदर्शनी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ । एक गतिशील र इमर्सिभ स्टलसँग, ब्रान्डले आगन्तुकहरूलाई चेतक ईभीको टाइमलेस डिजाइन र स्मार्ट विद्युतीय सुविधाहरू अनुभव गर्न आमन्त्रित गर्दछ जसले चेतक ईभीलाई नेपालको सबैभन्दा विश्वासिलो विद्युतीय स्कुटर मध्ये एक बनाउने कम्पनीको दाबी छ ।

एक प्रिमियम ईभी अनुभवको प्रतिक्षा

नाइमा एक्स्पो २०२५ मा, बजाजको विशेष चेतक ईभी स्टलमा आगन्तुकहरूले चेतक ३५०१ विद्युतीय स्कुटरसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन्, जसबाट उनीहरू यसको डिजाइन, निर्माण र कार्यक्षमतामा फस्र्ट ह्यान्डको अनुभव प्राप्त गर्नेछन् । प्रदर्शनीमा चार्जिङ क्षमताहरू, स्माट टिएफटी डिस्प्ले र उन्नत सुरक्षा कार्यक्षमताहरू जस्ता प्रमुख सुविधाहरूको प्रत्यक्ष प्रदर्शन गरिने जनाइएको छ । सहभागीहरूले टेस्ट राइडहरूको लागि दर्ता गर्ने र स्थलमै बुकिङ गर्ने अवसर पनि पाउनेछन् । स्टलको जीवनशैली प्रेरित लेआउट, विशेषज्ञ ईभी सल्लाहकारहरूको समर्थनमा, आगन्तुकहरूलाई विस्तृत उत्पादन सन्देश मार्गदर्शन गर्नेछ, जसले यसलाई एक अत्यन्तै इमर्सिभ विद्युतीय मोबिलिटी अनुभव बनाउने कम्पनीको भनाइ छ ।

प्रदर्शनीमा यस सहभागिताले देशको बढ्दो ईभी समुदायसँग प्रत्यक्ष संलग्न हुँदै नेपालमा विद्युतीय मोबिलिटीलाई बलियो बनाउन बजाजको निरन्तर प्रतिबद्धतालाई दर्शाउने कम्पनीको भनाइ छ ।

कार्यक्रमअघि गोल्छा समूहका निर्दैशक अभिमन्यु गोल्छाले भने, “हामी बजाज चेतक ईभीलाई नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ल्याउन उत्साहित थियौं । चेतक नेपालका धेरै घरधनीहरूको लागि एक भावनात्मक ब्रान्ड हो र यसको विद्युतीय संस्करणले त्यो धरोहरलाई नवाचार, बौद्धिकता र पर्यावरणीय जिम्मेवारीसँग जोड्नेछ । यो उपस्थितिले मानिसहरूलाई चेतकको भविष्यलाई व्यक्तिगत रूपमा अनुभव गर्ने अवसर प्रदान गर्छ।”

सशक्त डिजाइन, व्यावहारिक विद्युतीय प्रदर्शन र डिजिटल इन्टेलिजेन्स्सँग, बजाज चेतक ईभी नाइमा २०२५ को एक प्रमुख आकर्षण बन्नेछ । सबै ईभी उत्साही र सम्भावित सवारहरूलाई चेतक स्टलमा भ्रमण गर्न, टेस्ट राइड बुक गर्न र बजाजसँग शहरी यात्रा भविष्यको अन्वेषण गर्न कम्पनीले भनेको छ ।

 

Health Tips Ad Road Block