Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नाइमा एक्स्पोको अवसरमा एभरेष्ट बैंकले ल्यायो सहज अटोलोन, ६.५२ प्रतिशत ब्याजदरमै सवारी कर्जा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा एभरेष्ट बैंक लिमिटेडले सहज अटोलोन ल्याएको छ । बैंकले ६.५२ प्रतिशत व्याजदरमै ग्राहकलाई सेवा उपलब्ध गराउने जनाएको हो । एभरेष्ट बैंकले बेसरेटमा १.२५ प्रतिशत ब्याजदर कायम गरेको छ भने कर्जा लिने ग्राहकले केवल ०.५० प्रतिशत मात्र प्रोसेसिङ शुल्क लाग्ने जनाएको छ ।

यस योजना अन्तर्गत बैंकले नेपाल राष्ट्र बैंकको नियमको अधिनमा रही प्राकृतिक व्यक्तिको निजी प्रयोजनको हकमा गाडीको खरिद मूल्यको कम्तिमा ४० प्रतिशतसम्म र विद्युतीय सवारी साधनको हकमा ४० प्रतिशतसम्म डाउनपेमेन्ट गर्नुपर्नेछ । जसमा बैंकले ६० प्रतिशत रकम कर्जा उपलब्ध गराउनेछ । जसमा बैंकले ६० प्रतिशत रकम कर्जा उपलब्ध गराउनेछ । कर्जा सहमतिमा तेस्रो पक्ष बीमा अनिवार्य गरिएको छ ।

Health Tips Ad Road Block