काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु नाइमा मोबिलिटी एक्स्पो २०२५ मा नयाँ विद्युतीय सवारीसाधन एसयुभी जेइको जे–५ सार्वजनिक गरिएको छ । नेपालका लागि जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले भारी छुटसहित एसयुभी जेइको जे–५ सार्वजनिक गरेको जनाएको छ । कम्पनीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यका साथ यो प्रिमियम एसयुभी ल्याएको सो अवसरमा जानकारी दिएको छ ।
यसको नेपाली बजार मूल्य ६० लाख ९९ हजार तोकिएको छ तर नाइमामा भने अफरअन्तर्गत ५६ लाख ९९ हजार रुपैयाँमै पाइनेछ । त्यस्तै पहिले ६१ लाख ९९ हजारमा उपलब्ध ओमोडा ई५ नाइमा विशेष अफर मूल्यको रुपमा ५४ लाख ९९ हजार रुपैयाँमा र जेइको जे ६ पहिले ६९ लाख ९९ हजारमा उपलब्ध भएकोमा नाइमा विशेष मूल्यको रुपमा ६५ लाख ९९ हजारमै उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले नाइमाका अवसरमा फाइदा लिन सबैलाई अनुरोध गरेको छ ।






















