Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चुनौती र लेखा व्यवसायीका मुद्दामा केन्द्रित गोष्ठीसहित अडानको २० औं स्थापना दिवस सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) को २०औं स्थापना दिवस देशभर मनाइएको छ । “अडान डे” सप्ताहव्यापी रूपमा मनाउँदै, राज्यको आर्थिक क्षेत्रका समस्या तथा चुनौती र लेखाव्यवसायीका मुद्दामा केन्द्रित गोष्ठी, अन्तरक्रिया, सामाजिक सहयोगजस्ता कार्यक्रमहरू सम्पन्न भएका छन् ।

यसै अवसरमा साउन २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा भव्य कार्यक्रम आयोजना भई,पहिलो सत्रमा कार्यपत्र प्रस्तुति र दोस्रो सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, महालेखापरीक्षक, उद्योग वाणिज्य क्षेत्रका शीर्ष व्यक्तित्व, आइक्यानका अध्यक्ष, अडानका अध्यक्ष, पूर्व अध्यक्ष, केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी तथा सदस्यहरु लगायत विशिष्ट अतिथिहरूको विशेष उपस्थितिमा सम्पन्न भयो ।

कार्यक्रममा लेखा परीक्षक, लेखा व्यावसायी, कर्पोरेट लेखापाल, प्रोफेशनल एकाउन्टेन्टस लगायत लेखाक्षेत्रसँग सम्बन्धित ९०० भन्दा बढीको सहभागिता रहेको थियो ।

Health Tips Ad Road Block