ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

पैँचो पसलको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्ने, भयो एक सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैँचो पसलबीच भविष्यमा पैँचो पसलको सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ । सोही सेवाअन्तर्गत सुख्खानगर, बुटवल, रुपन्देहीमा रजिष्ट्रार कार्यालय रहेको पैँचो पसल प्रालिलाई क्यापिटलको ‘आइडिया टू आईपीओ’ सेवाअन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र पैँचो पसल प्रालिबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो ।

पैँचो पसल प्रालि कृषि व्यवसायमा केन्द्रीत कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रमा उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्तामाझ पुर्याउन सफल भएको हुँदै आएको छ । पैँचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आइरहेको छ । पैँचो पसल केवल खाद्य कम्पनी मात्र नभई किसानहरूसँग सहकार्य गर्दै बीउ बिजन उत्पादनदेखि उत्पादित वस्तु बजारसम्म पुर्याएर ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पु¥याउन सफल कम्पनी हो । कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन र बजार पहुँच सुनिश्चितता गर्दै कृषकहरुलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको छ ।

पैँचो पसलले आगामी दिनमा सर्वसाधारणहरुमा शेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारीरुपमा विस्तार गर्ने लक्ष्य लिएको छ । नेपालमा आधाभन्दा बढी जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेको र यसले देशको कुल गार्हस्थ उत्पादनमा करिब एक चौथाइ मात्र योगदान पु¥याइरहेको अवस्थामा पैँचो पसल जस्ता कम्पनीहरूलाई नेपाल सरकारले प्राथमिकतामा राखी यस क्षेत्रमा दीर्घकालीन र दिगो विकासको ढोका खोल्न अत्यन्तै आवश्यक देखिएको सरोकारवाला बताउँछन् ।

Health Tips Ad Road Block