Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बालकृष्ण शिवाकोटी फाउन्डेसनद्वारा आयोजित कविता लेखन प्रतियोगितामा प्राज्ञिक खतिवडा प्रथम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसन र इस्ट पोल माध्यमिक विद्यालयबीचको सहकार्यमा आयोजित काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगितामा प्राज्ञिक खतिवडा प्रथम भएका छन् । काठमाडौंमा आयोजित प्रतियोगितामा सोमबार ‘मेरो देश’ शीर्षकको कविता लेखन तथा वाचन गरेका उज्ज्वल तारा विद्यालयका छात्र खतिवडाले प्रथम स्थान हासिल गरेका हुन् । उनले प्रमाणपत्र र २० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगितामा रिपुमर्दिनी सैनिक महाविद्यालयकी छात्रा संस्कृति पौडेलले द्वितीय स्थान स्थान र श्री नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका छात्र पंकज विनाडीले तृतीय स्थान हासिल गरेका छन् । ुमेरो देश मेरो प्राणु शीर्षकको कविता लेखन तथा वाचन गरेकी पौडेलले प्रमाणपत्र र १५ हजार तथा ‘के छैन नेपालमा’ शीर्षकको कविता लेखन तथा वाचन गरेका विनाडीले प्रमाणपत्र र १० हजार नगद पुरस्कार पाए ।

साथै, सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीहरुलाई प्रमाणपत्र र पुरस्कार राशि रुपैयाँ १ हजार रुपैयाँ प्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ कवि प्रभा भट्टराईको प्रमुख आतिथ्यता तथा फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रमको विशेष अतिथि अभिनभ साहित्य समाजका अध्यक्ष गोविन्द वेदमणी घिमिरे थिए भने श्री रत्न राज्य माध्यमिक विद्यालयका पूर्वप्राचार्य डा. गीता शिवाकोटी, पाटन उच्च अदालतका पूर्वन्यायाधीश शेषराज शिवाकोटी तथा पद्मकन्या माद्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक ईश्वर सापकोटा कार्यक्रमको अतिथि रहेका थिए ।

प्रतियोगितामा उपत्यकाभित्रका विभिन्न विद्यालयका २८ विद्यार्थीको सहभागिता थियो । प्रतियोगिताको मूल्यांकन समितिमा डा. मधुसुदन लामिछाने, डा. रमेश लुइँटेल शुभेच्छुक र भावकेशर बराल रहेका थिए ।

Health Tips Ad Road Block