काठमाडाैं । वन्डर्स इनर्जी प्रालिले ३० करोडकाे आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले वार्षिक साधारणा सभा सम्पन्न गर्दै उक्त निर्णय पारित गरेकाे जनाएकाे हाे । साधारण सभाले कम्पनीकाे पुँजी वृद्धि गरेर १०० करोड पुर्याउने र ७० करोड स्वपुँजी र ३० करोड आईपीओ निष्काशन गर्ने निर्णय गर्दै बैक ऋण लिन कम्पनीकाे संचालक समितिलाई अख्तियार दिने निर्णय गरेकाे छ । कम्पनीले निर्माण गरिरहेको खिम्ती ध्वाँङ् जलविद्युत आयोजना ९ मेगावाटकाे निर्माण कार्य २०८४ साल चैतमा सम्पन्न गर्नेगरि कार्य भइरहेको साधारणा सभामा जानकारी दिइएकाे छ ।
आयोजनाकाे लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानकाे अनुमति वैसाख १५ गतेकाे मन्त्रिपरिषदबाट निर्णय भएको, आयोजना निर्माणका लागि लाग्ने रु.१ खर्व ९० मध्ये रु. १२५ करोड ऋण लगानीकाे लागि NMB Bank सँग समझदारी अन्तिम चरणमा पुगेको कम्पनीले जनाएकाे छ ।
बाँकी ६५ करोड मध्ये रु. ३५ करोड जुटिसकेको र ३० करोड असाेज भित्रमा जुटाउने गरि काम भैइरहेकाे कम्पनीका कार्यकारी संचालक प्रकाश दुलालले बताएका छन् ।





















