skip this News Page Tips Ad Road Block

सद्गुरुले रचना गरेको ध्यान गर्ने निःशुल्क एप ‘मिराकल अफ माइन्ड’ अब नेपाली भाषामा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं, नेपाल। अन्तर्राष्ट्रिय योग दिवस (जुन २१, २०२६) को विशेष अवसरमा, सद्‌गुरुको मार्गदर्शनमा ईशा फाउन्डेसनका स्वयंसेवकहरूद्वारा रचना गरिएको ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा उपलब्ध गराइएको छ । बालुवाटारस्थित T21 प्यालेसमा आयोजना गरिएको एक विशेष ध्यान कार्यक्रममा यसको औपचारिक शुभारम्भ गरिएको हे ।

‘मिराकल अफ माइन्ड’ सद्‌गुरुद्वारा विशेष रूपमा रचना गरिएको एक शक्तिशाली एवम् निर्देशनसहित ध्यान गर्ने एप हो, जसले मानिसहरूलाई नियमित ध्यान अभ्यासमा स्थापित गराउन मद्दत गर्दछ । एक योगी, रहस्यद्रष्टा र दूरदर्शी सद्‌गुरुले विगत चार दशकदेखि मनुष्यको चेतना माथि उठाउनका लागि रूपान्तरणकारी अभियानको नेतृत्व गर्दै आउनुभएको छ ।

‘मिराकल अफ माइन्ड’ किन ?

नयाँ अध्ययनले भनेअनुसार, हाल विश्वभरि लगभग १.२ अर्ब मानिसहरू मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका छन्— जुन सन् १९९० को तुलनामा झण्डै दोब्बर हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को तथ्याङ्कले लगभग १०% नेपाली वयस्कहरूले आफ्नो जीवनभरिमा मानसिक स्वास्थ्य समस्याको सामना गर्ने देखाएको छ । समग्र अनुमानअनुसार, लगभग ३९ लाख नेपाली वयस्कहरू यसको चपेटामा परेका छन्, जसमा डिप्रेसन र चिन्ता प्रमुख हुन् । यस्तो अवस्थामा, ध्यान अहिलेको समयको माग र आवश्यकता बनेको छ ।

‘मिराकल अफ माइन्ड’ एपमा ७ मिनेटको सरल ध्यान उपलब्ध छ, जसको माध्यमले तपाईंले आफूमा शान्ति र एकाग्रता स्थापित गर्न सक्नेछन् ।

मानसिक स्वास्थ्यका चुनौतीहरू उर्लिँदै गएको यस जटिल समयमा, सद्‌गुरुले विश्वलाई ‘मिराकल अफ माइन्ड’ उपलब्ध गराएका छन्, ताकि कम्तीमा ३ अर्ब मानिसहरूलाई आफ्नो मनको अपरिचित क्षमता पहिचान गर्न सक्षम बनाउन सकियोस् ।

२६ फेब्रुअरी २०२५ मा सार्वजनिक भएको यस एपलाई सुरूको १५ घण्टामै १० लाख मानिसहरूले डाउनलोड गरेका थिए, जसले नोभेम्बर २०२२ मा सोही सङ्ख्या प्राप्त गर्न ५ दिन लगाएको OpenAI को ChatGPT को रेकर्ड समेत तोडेको छ ।

सार्वजनिक भएको २४ घण्टाभित्रै ‘मिराकल अफ माइन्ड’ अमेरिका, क्यानडा, यूके, अष्ट्रेलिया, सिङ्गापुर, जर्मनी र भारत लगायत २० ओटा राष्ट्रहरूमा ट्रेन्डिङमा रहन सफल भएको थियो । भारतमा यो एप iOS एप स्टोरको ‘हेल्थ एण्ड फिट्नेस’ विधामा पहिलो स्थानमा पुगेको थियो ।

Health Tips Ad Road Block