काठमाडौं । भारतको गुजरातस्थित टेक्सटा इल कम्पनी अजमेरा फेशन कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रालिले अजमेरा फेसन डिजाइन एक्सिलेण्ड अवार्ड २०२६ बाट सर्वाेत्कृष्ट तीनजनालाई नगदसहित पुरस्कृत गरेको छ । राजधानीमा एक भव्य समारोहवीच दुई जनालाई प्रतिव्यक्ति एक/एक लाख र एकजनालाई २५ हजार नगदसहित तीन वटा छुटाछुटै विधाका सर्वाेत्कृष्टहरुलाई नगद पुरस्कार वितरण गरेको हो ।
वेष्ट इन्गेजमेन्ट भिडियो, वेष्ट ब्राण्ड भिडियो र वेष्ट कन्सेप्ट एण्ड स्टोरी टेंिलंगका तीनवटा छुटाछुटै विधाहरुमध्ये वेष्ट इन्गेजमेन्ट भिडियोमा नमामी शाक्य, वेष्ट ब्राण्ड भिडियोमा प्रथा जोशी सर्वाेत्कृष्ट भइन् । उनीहरु दुवैले एक एक लाख नगद पुरस्कार पाइन् । वेष्ट कन्सेप्ट एण्ड स्टोरी टेंिलंगमा सुभाना कायष्ठ विजयी भएर २५ हजार नगद पाइन् ।
सर्वाेत्कृष्ट सवैजनालाई अजमेरा फेशन लिमिटेड भारतका फाउण्डर एण्ड प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय अजमेराले नगद पुरस्कार वितरण गरेका हुन् । उनी त्यही कार्यक्रमका लागि भारतबाट नेपाल आएका थिए । त्यस अवसरमा उनले मासिक १० लाख उत्पादन क्षमता कम्पनीकोको रहेको बताए । महिलाहरूका लागि सारी, कुर्ता, लेहङा, साथै पुरुष र बालबालिकाका लागि शर्टिङ, शुटिग लगायतका सम्पूर्ण कपडा वस्तुहरू यस कम्पनीबाट उपलब्ध हुने जनाइएको छ ।
भारतमा १९९२ मा स्थापना भएको यो कम्पनीले एक लाख भन्दा बढी बिक्रेता भएकोले ३० भन्दा बढी देशमा आफनो ब्यापार विस्तार गरिरहेको जनाएको छ । साथै १ अर्ब भन्दा बढी ग्राहकको मन जितेको कम्पनीको दाबी छ । नेपालमा ठुलो सख्यामा ग्राहक रहे पनि विभिन्न रूपमा नेपाल समान भित्याउने तर आधिकारिता नभएकोले अजमेरा फेसनले नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेको थियो, जसकी अध्यक्ष सफल तथा प्रतिष्ठित महिला उद्यमी मोतिना चन्द हुन् । चन्दले प्रिफ्याब प्यानल नेपाल, ब्लक बुल मल्टिपर्पोस (अलकत्रा आयात) र जे बी अटोमोटिभ जस्ता कम्पनीहरू कुशलतापूर्वक सञ्चालन गर्दै आइरहेकी छन् ।
अजमेरा फेसन मूल रूपमा भारतको एक प्रतिष्ठित टेक्सटाइल तथा कपडा निर्माता कम्पनी हो । यस ब्राण्डले नेपाल लगायत विश्वभर आफ्नो उत्पादन पुर्याउनुका साथै डिजिटल र व्यावसायिक उत्कृष्टतालाई जोड दिँदै यस्ता अवार्ड कार्यक्रमहरू प्रायोजन र समर्थन गर्ने गर्दछ ।
नेपालमा डिजिटल क्रिएटर र अनलाइन व्यवसायको क्षेत्रमा अजमेरा फेसन डिजिटल एक्सिलेन्स अवार्ड एक प्रमुख आयोजना हो । यो अवार्ड समारोहले डिजिटल प्लेटफर्ममार्फत उत्कृष्ट योगदान दिने व्यक्ति, क्रिएटर तथा व्यवसायीहरूलाई सम्मान गर्ने गर्दछ । यसको मुख्य उद्देश्य डिजिटल माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने, सिर्जनात्मक क्षमता देखाउने क्रिएटरहरूलाई प्रोत्साहन गर्नु र डिजिटल बजारीकरणलाई टेवा पुर्याउनु रहेको कार्यक्रममा जनाइयो । यसमा फेसन, प्रविधि, मनोरञ्जन, जीवनशैली, खाना, यात्रा, फिटनेस र वित्त (फाइनान्स) जस्ता विभिन्न विधाका उत्कृष्ट क्रिएटरहरू समेटिने गर्दछन् ।





















