Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चाडबाडको मौका छोपी यात्रुसँग बढी भाडा असुल्नेमाथि प्रहरीको छड्के, धादिङका राजमार्ग क्षेत्रमा कारवाही

Citizenlife ad 2082 falgun to baishak 2083

धादिङ । चाडबाडको मौका छोपेर यात्रुहरुसँग बढी भाडा असुल्ने यातायातका साधनहरूलाई जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले पृथ्वी राजमार्गमा छड्के जाँच गरी कारवाही थालेको छ ।

पृथ्वी राजमार्ग क्षेत्रमा छड्के जाँच गर्दा बढी भाडा असुलउपर गर्ने दर्जनौंमाथि कारवाही गरिएको हाे ।

ती सवारीसाधनहरुमा बढी भाडा लिनेहरु, सरसफाइ नगर्ने, भाडा दर नराख्ने, सीट क्षमताभन्दा बढी यात्रु राखी यात्रा गरेको लगायतका कैफियतमा ५/५ हजार जरिवाना गरिएको हो । चाडपर्वको मौका पारेर सवारीसाधनहरूले काउन्टरबाट तोकिएको भाडामा टिकट काटिए पनि बीच बाटोमा पुगेर यात्रुसँग भाडा थप लिने गरेको जनगुनासोलाई सम्बोधन गर्न छड्के चेकजाँच गरिएको र यो चेकजाँचलाई निरन्तर रूपमा सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

ट्राफिक प्रहरीले सडक सचेतना कार्यक्रमलाई पनि उत्तिकै तिव्र बनाउँदै आएको छ ।

Health Tips Ad Road Block