काठमाडौं । बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि काठमाडौं महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले काभ्रेपलाञ्चोक जिल्लाका ३ पालिकाहरुको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
यसरी सहयोग प्रदान गरिने पालिकाहरुमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन् ।