skip this News Page Tips Ad Road Block

दुई दिन अझै वर्षाको सम्भावना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। बुधबार र बिहीबार मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दुई दिन वर्षाको सम्भावना रहेपनि धेरै आत्तिनुपर्ने अवस्था नरहेको विभागको भनाइ छ ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । तर केहिदिन अगाडिजस्तो अत्तिनु नपर्ने विभागको भनाइ रहेको छ ।

विभागका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यस अवधिमा कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।

Health Tips Ad Road Block