हेटौंडा । बागमती प्रदेशको प्रदेश सभाको वर्षे अधिवेशनको रुपमा चालू अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु अधिवेशन आज रातिबाट अन्त्य गर्ने निर्णय गरेको हो ।
त्यसअनुसार प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय भएको छ ।
बागमती प्रदेशको प्रदेश सभाको चौथो अधिवेशन गत वैशाख १ गतेबाट सुरु भएको थियो ।