Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उज्यालो समयमै काठमाडौंबाट नारायणगढ पुग्नेगरी बस छुटाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले उज्यालो समयमै काठमाडौंबाट छुटेको सवारीसाधन नारायणगढसम्म पुग्ने गरी व्यवस्थापन गर्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशकको अध्यक्षतामा बसेको पछिल्लो बैठकले यस्तो निर्णय गरेको हो । ‘काठमाडौंबाट छुट्ने यात्रुबाहक बसहरुले सार्वजनिक यातायातबाट सेवा दिँदा हाल जोखिमयुक्त रहेको काठमाडौं–नारायणगढ सम्मको सडक खण्डको अवस्थालाई मध्यनजर गर्दै काठमाडौंबाट सवारी साधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्ने।’ बैठकपछिको निर्णयमा उल्लेख छ ।

बैंठकले विभिन्न १० बुँदे निर्णय गरेको विभागका निर्देशक एवं प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिएका छन् ।

यातायात व्यवसायी, प्रहरी, यातायात मजदुर लगायतको सहभागितामा भएको बैठकले मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

Health Tips Ad Road Block