काठमाडौं । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको १५ औँ वार्षिक साधारण सभाले एनआईसी एशिया क्यापिटल लिमिटेडका रामेन्द्र रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
एसोसिएसनको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडका मनिस नारायण जोशी, महासचिवमा गरिमा क्यापिटल लिमिटेडका निर्मल भट्टराई, कोषाध्यक्षमा एनआइएमबी एस क्यापिटल लिमिटेडका शिवान्त ब. पाँडे चयन भएका छन् । सदस्यहरूमा सिद्धार्थ क्यापिटल लिमिटेडका सन्दीप कार्की, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका लेखनाथ पोखरेल र कुमारी क्यापिटल लिमिटेडका पुष्पा शर्मा चयन भएका छन् ।
विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधिहरू सामेल नयाँ कार्यसमिति सदस्य एवं पदाधिकारीले नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । उक्त समितिको मुख्य ध्यान पूँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहने बताइएकाे छ ।