api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

केही सस्तियो सुन

काठमाडौं । गत हप्ताभर मूल्य बढेर साताको अन्तिम दिन शुक्रबार मूल्यले रेकर्ड कायम गरेको सुन आज भने केही सस्तिएको छ ।

आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा पुगेर मूल्यले रेकर्ड बनाएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block