काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले देशभरको अविरल वर्षाको चपेटामा परेकाहरुलाई राहत वितरण सुरु गरेको छ ।
शनिबार नाडाले काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्रचार्यलाई भेटेर ५० कार्टुन वाईवाई चाउचाउ र ८० कार्टुन जुस हस्तान्तरण गरेको हो । देशमा अनपेक्षितरुपमा भएको अविरल वर्षाको चपेटामा परेका नागरिकलाई तत्काल केही सहयोग होस् भन्ने हेतुले नाडाका अध्यक्ष करण चौधरीले सो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
राहत सामग्री हस्तान्तरणकाक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक विनोद घिमिरे समेतको उपस्थिति रहेको थियो ।
नाडाले विगतकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आइरहेको छ ।