काठमाडौं । २०८१ सालको बडा दशैंमा माग हुने साना दरका नोट सटही आजबाट सुरु भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट यो सुविधा उपलब्ध गराइएको हो ।
प्रदेशतर्फ विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसका साथै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी सर्वसाधारणहरुले आफ्नो खाता रहेका बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था अथवा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ ।