api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

धादिङ मिलन केन्द्रद्धारा अग्रजहरुलाई सम्मान

काठमाडौं । धादिङ मिलन केन्द्र, काठमाडौंले दशैं, तिहार, छठ लगायत मुख्य चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा २६औं वार्षिक साधारण सभा–२०८१ गरी चार जना अग्रजहरुलाई सम्मान गरेको छ । शिक्षा क्षेत्र र समाजसेवामा महत्वपूर्ण योगदान गर्ने मिलन केन्द्रका अग्रजहरुलाई सम्मान गरिएको हो ।

अग्रजहरु पिताम्बर प्रसाद सिलवाल, शुदर्शन पाण्डे, बाबुराम शर्मा सिंखडा र इच्छुकुमारी तिमल्सिनालाई केन्द्रले सम्मान गरेको हो । प्रा.डा. घनश्याम कँडेलको उपस्थितिमा अग्रजहरु सम्मानित भएका हुन् ।

२०४२ सालमा स्थापित मिलन केन्द्रले लामो समयसम्म स्वास्थ्य शिविर, धार्मिक, सांस्कृतिक कार्यक्रम र सामाजिक सेवामा उल्लेख्यरुपमा कार्य गर्दै आएको छ । केन्द्रका अध्यक्ष ई. रामलाल तुलाधरले यस्ता कार्यलाई निरन्तरता दिँदै जाने बताएका छन् ।

अन्य वक्ताहरुले केन्द्रले आपसी समन्वय गरी धादिङका साथै राष्ट्रियस्तरमा सकारात्मक प्रभाव पार्ने काममा अगाडि बढ्नेगरी विविध किसिमका सेवा दिनेबारे योजना बनाउनुपर्ने धारणा राखेका छन् ।

 

Health Tips Ad Road Block