ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

यस्तो छ आज देशभर बाढीको अवस्था, कुन–कुन स्थानमा सतर्कता जरुरी ? यी राजमार्ग अवरुद्ध छन्

काठमाडौं । तीन दिन यताको वर्षा, बाढी, पहिरोले देशव्यापीरुपमा जनधनको ठूलो क्षति गर्यो । १ सय जनाभन्दा बढीको ज्यान गएको प्रारम्भिक विवरण आएको छ । सुबिधासम्पन्न राजधानी काठमाडौंमा नै धेरैले ज्यान गुमाउनुुपर्यो । मौसममा भने आजबाट विस्तारै सुधार हुँदै जाने अनुमान गरिएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा बाढी पूर्वानुमान बुलेटिनमार्फत नदीहरुको हालको अवस्था सार्वजनिक गरेको छ । आज बिहानको मापनअनुसार सप्तकोशीको चतरामा जलसतह खतरा तहभन्दा माथि र घट्दो क्रममा रहेको छ। नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाव सतर्कता तहभन्दा तल र घट्दो अवस्थामा रहेको छ।

परामर्श जारी गर्दै महाशाखाले सप्तकोशीको चतरामा जलसतह खतरा तहभन्दा माथि र घट्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होंचा भू–भागमा रहनेहरु उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन भनेको छ । त्यस्तै नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाव सतर्कता तहभन्दा तल र घट्दो अवस्थामा रहेकाले सामान्य सतर्कता अपनाउन भनेको छ ।

आज झापा, मोरङ, रौतहट, बारा, पाल्पा र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुको बहाव बढ्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।

यी मुख्य राजमार्गहरु बाढी र पहिरोका कारण अवरुद्ध भएका छन् ।

Health Tips Ad Road Block