skip this News Page Tips Ad Road Block

सुनको मूल्य हालसम्मकै उच्च, हिजोको रेकर्ड आजै तोडियो

काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार कायम भएको नयाँ रेकर्डको विन्दु सोमबार नै तोडिएको हो ।

सोमबार सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा पुगेर मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

सोमबार चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block