काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
आइतबार बसेको सञ्चालक समितिको १५७ औं बैठकले आ.व.२०८०/८१ सम्मको संचित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी ६४,१६,१६,००० को १४.२५ प्रतिशत बोनश शेयर ९,१४,३०,२८० रुपैयाँ र कर प्रयोजनाका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।