skip this News Page Tips Ad Road Block

घुमौं बुढानिलकण्ठ, ३५ फोटोमा हेर्नुहोस् बुढानिलकण्ठदेखि डाँडागाउँ होमस्टेसम्मको पदयात्रा

काठमाडौं । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल(सोट्टो नेपाल) र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा आयोजित एक दिवसीय पदयात्रा हालै सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख, उपप्रमुख एवं प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्ड, उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी, पर्यटन पत्रकारहरुसहित करिब २०० जनाको सहभागितामा पदयात्रा सम्पन्न गरिएको हो ।

यस वर्षको पर्यटन दिवसको नारा ‘पर्यटन र शान्ति’ सहित बुढानिलकण्ठ मन्दिर–मुहानपोखरी–विष्णुद्धार–डाँडागाउँ होमस्टेसम्मको पदयात्रा गरिएको हो । पदयात्राकाक्रममा कैद भएका केही तस्विरहरु:

 

Health Tips Ad Road Block