Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नवीकरणको माग गर्दै क्रसर उद्योग महासंघले ज्ञापनमार्फत गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएका सात सय क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउने व्यवस्थाको माग गरेका हुन् । वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासङ्घको भनाइ छ ।

महासङ्घले उद्योगहरुको नवीकरण नहुँदा करिब चार अर्ब रुपैयाँ लगानी डुुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिइ पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यवहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।

Health Tips Ad Road Block