ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

वाणिज्य बैंकहरुको नाफा ६४ अर्बभन्दा बढी, कुनको कति नाफा ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मर्जर र प्राप्तिपछि घटेर २० वटा भइ संचालनमा रहेको वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०।८१ मा ६४ अर्ब १५ करोड नाफा आर्जन गरेका छन् । सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुले आफ्नो नाफा बढाएका छन् । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ५६ अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेका थिए । विवरणअनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकहरुको नाफा १३.४० प्रतिशतले बढेको छ ।

विवरणअनुसार १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक र नाफा वृद्धिदरका हिसाबले प्रभु बैंक अगाडि रहेको छ । नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । दोस्रो नाफा कमाउने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबले ६ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । सूचीमा तेस्रो नम्बरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यसैगरी प्रभु बैंकको ४ अर्ब ४८ करोड, प्राइम कमर्सियल बैंकको ३ अर्ब ७७ करोड, एभरेष्ट बैंकको ३ अर्ब ७० करोड, कृषि विकास बैंकको ३ अर्ब ६५ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ३९ करोड, स्ट्याण्डर्ड चार्टर बैंकको ३ अर्ब ३० करोड, लक्ष्मी सनराइज बैंकको ३ अर्ब ३ करोड, सिद्धार्थ बैंकको ३ अर्ब १ करोड, हिमालयन बैंकको २ अर्ब ८३ करोड, सानिमा बैंकको २ अर्ब ३८ करोड, एनएमबी बैंकको २ अर्ब ३३ करोड, कुमारी बैंकको २ अर्ब ३० करोड, नेपाल एसबीआई बैंकको २ अर्ब १ करोड, नेपाल बैंकको १ अर्ब ६५ करोड, एनआइसी एसियाको १ अर्ब ३८ करोड, सिटिजन्स बैंकको १ अर्ब ३४ करोड र माछापुच्छ्रे बैंकको १ अर्ब २५ करोड रुपैयाँ नाफा रहेको छ ।

विवरणअनुसार गतआर्थिक वर्षमा सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक रहेको छ।

नाफा वृद्धिदरका हिसाबले प्रभु बैंक सबैभन्दा अगाडि रहेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रभु बैंकको नाफा १४९९.०४ प्रतिशतले बढेको छ। नाफा वृद्धिदरका हिसाबले कुमारी बैंक ३४५.६७ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ। २६७.१९ प्रतिशतसहित प्राइम कमर्सीयल बैंक नाफा वृद्धिदरका हिसाबले तेस्रो र १७६.२३ प्रतिशतसहित कृषि विकास बैंक चौथौ स्थानमा रहेको छ ।

Health Tips Ad Road Block