Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अब बाढीपहिरो पीडितले घर बनाउन ५० हजार पाउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बाढीपहिरो, आगलागी, चट्याङबाट घर गुमाएका पीडितले अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ अनुदान पाउने भएका छन् ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको २४ औँ बैठकले विपद्बाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१ स्वीकृत गरेसँगै अस्थायी आवासका लागि अनुदान उपलब्ध गराउने बाटो खुलेको हो । यसअघि भूकम्प प्रभावितले अस्थायी आवासका लागि दुई किस्तामा ५० हजार रुपैयाँ पाउँदै आएका थिए । अब मनसुनजन्य तथा आगजनी पीडितलाई पनि यसमा समेटिएको छ ।

बैठकले डेंगु, झाडापखाला र हैजाजस्ता महामारीजन्य रोगको प्रकोप थप बढ्नसक्ने सम्भावनालाई ध्यान दिई रोग फैलन नदिन स्वास्थ्य र खानेपानी मन्त्रालयमार्फत तत्कालै आवश्यक काम अगाडि बढाउन निर्देशन समेत दिएको छ ।

Health Tips Ad Road Block