skip this News Page Tips Ad Road Block

रातो मछिन्द्रनाथको भोटो देखाइयो (फोटोफिचर)

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट पाहुनाहरुको उपस्थितिमा ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो ।

विशिष्ट पाहुनाहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

राष्ट्रप्रमुखको उपस्थितिमा हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो । योसँगै रातो मछिन्द्रनाथको रथयात्रा यसवर्षको लागि सम्पन्न भएको छ ।

फोटो : प्रदीपराज वन्त, रासस

Health Tips Ad Road Block