skip this News Page Tips Ad Road Block

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्दै, एनआईसी एशिया क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पु¥याउन रु.१०० अंकित दरका ८३,५०,१३५.४४ कित्ता अर्थात् रु.८३,५०,१३,५४४ हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर निष्काशनको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेड बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आई रहेको छ ।

एन आई सी एशिया क्यापिटलले विगत लामो समय देखि IDEA to IPO सेवा संचालन गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block