Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्दै, एनआईसी एशिया क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पु¥याउन रु.१०० अंकित दरका ८३,५०,१३५.४४ कित्ता अर्थात् रु.८३,५०,१३,५४४ हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर निष्काशनको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेड बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आई रहेको छ ।

एन आई सी एशिया क्यापिटलले विगत लामो समय देखि IDEA to IPO सेवा संचालन गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block