काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने र संसदमा विश्वासको मत लिने भएका छन् ।
बालुवाटारमा आज बसेको माओवादीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बैठकबारे जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीले राजीनामा नदिने रसंसदमा विश्वासको मत फेस गर्ने निर्णय भएको छ । विश्वसको मत लिनका लागि एक महिना समय रहने र यसका लागि तयार रहने निर्णय भएको छ ।’
त्यस्तै माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले सत्ता समीकरणमा भएका दलहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् ।
बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाको विकासक्रमबारे प्रारम्भिक ‘ब्रिफिङ गरेको नेताहरुले बताएका छन् ।