Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सहकारीको रकम दुरुपयोगसम्बन्धी गठित छानबिन समिति घनिभुत छलफलमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठीत संसदीय छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी एवम् कर्मचारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरेको छ । समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा समितिले छलफल गरेको हो ।

छलफलमा समितिका सभापति सूर्य थापा क्षेत्रीले सहकारीका समस्या र समाधानको उपाय पत्ता लगाउने सम्बन्धमा विभिन्न सरोकारावालसँग छलफल जारी रहेको बताए । उनले तथ्यगतरुपमा अध्ययन, अनुसन्धान गरेर समस्या समाधानका लागि उपाय खोजी गर्ने बताए । विगतका विभिन्न समितिका प्रतिवेदन समेत अध्ययन गरिरहेको बताउँदै उनले सबै समस्यालाई हल गर्नुपर्ने धारणा राखे ।

छलफलमा सांसद ध्रुवबहादुर प्रधान, लेखनाथ दाहाल, शिशिर खनालले सहकारी संस्थाहरुमा देखिएको संकट समाधानका लागि गर्नुपर्ने कार्यको विषयमा अभियानकर्मीसँग सुझाव लिएका थिए । छलफलमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष तथा संविधानसभा सदस्य ओमदेवी मल्लले सहकारीमा समस्या हुनुको मुख्य कारण र समाधानका उपायहरुको विषयमा धारणा राख्दै लिखित सुझाव पनि दिएकी थिइन् ।

समितिको छलफलमा महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष डिबी बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

Health Tips Ad Road Block