Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रातारात काँग्रेस र एमालेबीच नयाँ सरकार बनाउने गृहकार्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संसदका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार बनाउने गृहकार्यसहित सहमति भएको छ।

सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ गृहकार्यसहित सहमति भएको हो । काँग्रेसका एक नेताका अनुसार सहमतिपछि सबैभन्दा पहिला एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् र त्यसपछि देउवा प्रधानमन्त्री बन्नेछन् । पहिला एमाले अध्यक्ष ओलीको नेतृत्वको सरकार बनेर चुनावी सरकारको नेतृत्व देउवाले गर्नेगरी सहमति बनेको हो ।

दुई दलका नेताहरुले संविधान संशोधन गर्ने विषयमा पनि सहमति गरेको ती नेताले बताए । यसैगरी प्रदेश सरकार गठन, स्थानीय तहको संख्या, प्रदेश सभाको समानुपातिक सांसदको संख्या लगायतका विषयमा पनि दुई पक्षले मोटामोटी सहमति गरेका छन् ।

सोमबार राति भएको सहमतिलाई दुवै दलले आ–आफ्नो पार्टीको बैठकबाट अनुमोदन गराएर आज हस्ताक्षर गर्ने भएका छन्। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन अनुरोध गरी बाटो सहज गरिदिन भन्ने विषय पनि रहेको छ ।

Health Tips Ad Road Block