ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आन्दोलित क्रसर व्यवसायीद्धारा राजमार्ग ठप्प पार्ने चेतावनी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीको आन्दोलनले दुई साता पार गरेको छ । काठमाडौंको माइतिघर मण्डलामा गत असार १ गतेदेखि आन्दोलित क्रसर व्यवसायीले आफूहरुको माग पूरा नभए राजमार्ग ठप्प पार्ने चेतावनी दिएका छन् । व्यवसायीले उद्योग नवीकरणको आफूहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका हुन् ।

आफूरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको उनीहरुको आरोप छ । अहिले उद्योगी व्यवसायीहरुको बटमलाईन भनेको कानुनसम्मत दर्ता भएका उद्योगहरुको नवीकरण रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए । क्रसर उद्योगीहरुले विगत १० वर्षदेखी उद्योगहरुको नवीकरण हुन नसक्दा आफूहरु मारमा परेको उनीहरुको भनाइ छ । ।

आफूहरुको माग सम्बोधनका लागि पटक–पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग छलफल भएपनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

Health Tips Ad Road Block