काठमाडौं ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटेका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक विवरण आएको छ ।
संसद् सचिवालयका अनुसार दोलखा घर भएका अजित गोलेले आफैंले आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष आएको छ । आज बिहानको ड्युटीमा खटिएका उनको शव संसद् भवनको पश्चिमतर्फ भेटिएको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।