Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटेका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक विवरण आएको छ ।

संसद् सचिवालयका अनुसार दोलखा घर भएका अजित गोलेले आफैंले आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष आएको छ । आज बिहानको ड्युटीमा खटिएका उनको शव संसद् भवनको पश्चिमतर्फ भेटिएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block